दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

राष्ट्रिय फुटबल टिमका गोलरक्षक श्रेष्ठद्वारा सन्यासको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले संन्यास घोषणा गरेका छन्।

नेपाल सुपर लिगका क्रममा आज झापासँगको खेलपछि उनले पत्रकारसँग कुराकानी गर्दै सन्यास लिने घोषणा गरेका हुन् ।

नेपाल सुपर लिगमा उनले चितवनबाट खेलिरहेका छन् ।

‘१० वर्ष खेलिसकियो। अब नयाँ पुस्ता पनि आयो,’ आज झापा एफसीविरुद्धको खेलमा प्लेयर अफ द म्याच चुनिएका विशालले भने, ‘यो गलत समय होला तर मैले अवकाश लिइसकेँ। राष्ट्रिय टोलीबाट खेल्न पाएकामा खुसि छु।’

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ८ : ०७ बजे