साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडाैँपछि बुढानिलकण्ठ पनि उत्रियाे ‘एक्सन’मा चाडपर्वका नाममा पोशाक किन्न लगाउने स्कुललाई कारवाही हुने

​​​​​​​काठमाडौं । चाडपर्वका नाममा विभिन्न पोशाक किन्न लगाउने बुढानिलकण्ठका स्कुललाई कारवाही हुने भएको छ।

नगरपालिका भित्रका विद्यालयहरुले  अभिभावकहरुलाई जवर्जस्ती गरेको सुचना पाएको भन्दै त्यसो नगर्न नगरप्रमुख मिठाराम अधिकारीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ। 

निजी विद्यालयहरुले क्रिसमस डेका दिन अनिवार्य ‘इसाई पहिरन’ लगाउन उर्दी जारेपछि महानगरले यस्तो आग्रह गरेको हो ।

गुनासो आएको भन्दै नगरपालिकाले विद्यालयलाई सचेतसमेत गराएको छ ।  विद्यालयले विद्यार्थीलाई सेतो दाह्री र रातो टोपीलगायत सान्टाको पहिरन किन्न लगाउने गरेका छन् ।

नगरले परिपत्रविपरीत कार्य गरेको पाइएमा विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ । यसअघि काठमाडाैँ महानगरपालिकाले पनि चाडपर्वका नाममा विभिन्न पोशाक किन्न लगाउने स्कुललाई कारवाही गर्ने चेतावनी दिएकाे थियाे । 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : ३५ बजे