स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई निलम्बन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन नगर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोरखेलको इजलासले बसौलालाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको हो ।

असोज २४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई ३ महिनाका लागि निलम्बन गरिएको थियाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदीय जिम्मेवारी बहन गर्न असक्षम रहेको भन्दै उनलाई असोज ४ गते लिखित स्पष्टीकरण सोधेको थियो ।

मन्त्रीस्तरीय निर्णय बमोजिम उनलाई आफूविरुद्धको प्रमाण समेत नष्ट गर्न सक्ने  तथा बोर्डलाई हानी गर्न सक्ने कारण देखाउँदै निलम्बन गरिएको थियाे ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : १० बजे