दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राजस्थानका दुई मुस्लिम सांसदले लिए संस्कृतमा शपथ

काठमाडाैँ । भारतको राजस्थान विधानसभामा मुस्लिम समुदायका दुई जना विधायक (सांसद) ले संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन्।

संस्कृतमा शपथ लिएका विधायकहरूको अहिले भारतभरि चर्चा चलिरहेको छ। डिसेम्बर २० र २१ मा संस्कृतमा शपथ लिएका एक जना कांग्रेसका जुबैर खान हुन् भने अर्का स्वतन्त्र निर्वाचित भएका युनुस खान हुन्।

युनुस बीजेपीविरुद्ध विद्रोह गरेर स्वतन्त्र रूपमा निर्वाचित भएका थिए। राजस्थान विधानसभाका २०० सीटमध्ये १९९ सीटमा चुनाव भएको थियो। जसमध्ये १९१ जना विधायकले २० डिसेम्बरमा विधानसभामा शपथ लिए।

आठजना विधायकले २१ डिसेम्बरमा शपथ लिएका थिए। कांग्रेस विधायक जुबैर खान अलवरको रामगढ क्षेत्रबाट विजयी भएका हुन्।

जुबैर खानकी पत्नी सफिया जुबैर खान यसअघि विधायक निर्वाचित भएकी थिइन्। यस पटक कांग्रेसले उनका पति जुबैर खानलाई टिकट दिएको थियो। उनी चौथो पटक विधायक निर्वाचित भएका हुन्।

अशोक गहलोत सरकारमा कांग्रेस विधायक हुँदा उनकी पत्नी सफिया जुबैर खानले विधानसभामा एउटा छलफलमा आफूलाई राम र कृष्णको वंशजको रूपमा चर्चा गरेकी थिइन्।

संस्कृतमा शपथ लिने स्वतन्त्र विधायक युनुस खान वसुन्धरा राजेको सरकारमा मन्त्री थिए। राजेका समर्थक मानिने युनुस खानले गत विधानसभा चुनावमा सचिन पायलटविरुद्ध टोंक क्षेत्रबाट चुनाव लडेका थिए।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  २ : ४६ बजे