क्रिसमस डेका दिन अनिवार्य ‘इसाई पहिरन’ लगाउन विद्यालयहरुले उर्दी जारेपछि कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न चाडबाडका नाममा विद्यार्थीलाई फरक पोशाक किन्न बाध्य नपार्न आग्रह गरेको छ ।

निजी विद्यालयहरुले 'क्रिसमस डे' का दिन अनिवार्य ‘इसाई पहिरन’ लगाउन उर्दी जारेपछि महानगरले यस्तो आग्रह गरेको हो ।

अभिभावकबाट गुनासो आएको भन्दै काठमाडौं महानगरपालिकाले विद्यालयलाई सचेतसमेत गराएको छ ।

विद्यालयले विद्यार्थीलाई सेतो दाह्री र रातो टोपीलगायत सान्टाको पहिरन किन्न लगाउने गरेका छन् । महानगरले परिपत्रविपरीत कार्य गरेको पाइएमा विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १२ : ४३ बजे