यस्तो छ आजको विनिमय दर

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको अन्तिम दिन तथा शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला आठ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला आठ सय रूपैयाँले बढेर एक लाख १९ हजार आठ सय रूपैयाँमा कारोबार भईरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख १९ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रूपैयाँ बढेर १४ सय ८५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १२ : ०५ बजे