धनुषामा प्रहरी हिरासतमा एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

धनुषा । धनुषाको हंसपुर नगरपालिका-५ सुगानिकासमा रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दिपनारायण मण्डलको मृत्यु भएको हो । 

प्रहरीले कुटपिट गर्दा मण्डलको मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयबासीले त्यहाँ प्रदर्शन गरिरहेका छन् । 

आक्रोशितले स्थानीयहरूको समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । अवस्था तनावग्रस्त बनेपछि स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गर्नु परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताउनुभयो । 

स्थिति नियन्त्रण लिन प्रहरीले हवाई फायर गर्दा क्रममा गोली लागेर एक जना घाइते भएका छन् ।  हवाई फायर क्रममा स्थानीय शङ्कर मण्डल घाइते भएका हुन् । 

अहिले सो क्षेत्रमा सम्भावित घटनालाई रोक्न बढी सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १० : ५५ बजे