२ करोड बढीकाे ठगी भएकाे रोशी माला प्रकरण : मुद्दा छल्न दायर मुद्दा अन्तत खारेज !

काठमाडौं । काभ्रेको सिपालीबाट बुद्ध चित्त माला लिएर सँगै आएका सत्यम लिम्बुलाई भक्तपुर लोकन्थली चोकमा झारेर मालासहित फरार भएका घटनाका प्रतिवादी भनिएका समिप त्रिपाठीसहितले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएको छ ।जिल्ला अदालत भक्तपुरमा समिपमाथि २ करोड १३ लाख ५० हजार गठी गरी मालासमेत चोरी गरेको आरोपमा मुद्दा दायर भएपछि समिपले मुज्ञा छल्नका लागि अर्को मुद्दा हालेको चर्चा थियो । अन्तत समिपको मुद्दा खारेज भएसँगै अब यस प्रकरणमा जिल्ला अदालत भक्तपुरमा मात्र मुद्दा चल्ने भएको छ । 

उच्च अदालत पाटनका न्यायाधिश राज्य लक्ष्मी बज्राचार्य र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सो रिट खारेजको फैसला गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँसहित मान बहादुर तामाङ,कविन्द्र तामाङ र चाथि नारायण महर्जनलाई विपक्षी बनाएर हालिएको रिट खारेजको फैसला भएको हो । रोशीगाउँपालिका सिपाली माला काण्डमा ठगी आरोपित शेर बहादुर तामाङलाई ७५ लाख धरौटीमा मुद्दा पुर्पक्ष राख्न अदालतले आदेश दिएको थियो ।

अदालतको आदेशसँगै भक्तपुर जिल्ला अदालतमा धरौटी दाखिला गरी उनी रिहा भइसकेका छन् भने समिप त्रिपाठी पनि अदालतले आदेश गरेको धरौटी दाखिला गरी रिहाइ भएका हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४को दफा ३२ बमोजिम नेपाल प्रहरीले प्रतिवादी शेर बहादुर तामाङ र समिप त्रिपाठी विरुद्ध जिल्ला अदालत भक्तपुरमा ठगी मुद्दा दायर गरेको थियो । उच्च अदालत पाटनले रिट खारेजको आदेश भएको जानकारी आफ्नो वेभसाईट मार्फत सार्वजनिक गरेको भए पनि यसको पूर्ण विवरण आउन भने बाँकी रहेको छ ।

के हो त रोशी गाउँपालिकाको माला काण्ड ?

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ५ को विरबहादुर तामाङको बुद्धचित्त माला किन्न ब्यापारीहरु समिप त्रिपाठी, मानबहादुर तामाङ(सिजन) र मालाधनी बिरबहादुर तामाङकै छोरा शेरबहादुर तामाङले ९० लाख रुपैयाँमा २०७९ साल कात्तिक २ गते करार सम्झौता गरेका हुन्छन् ।

उक्त माला बिक्रीका लागि कात्तिक २४ गते उनीहरूले व्यापारी चाथी नारायण महर्जनसँग अर्को संझैता गर्छन् । सम्झौता अनुसार चाथी नारायणले उक्त मालाको लागि १ करोड ५० लाख रुपैँया तिर्ने सहमति हुन्छ । सहमति अनुसार उनीहरूले उक्त मालाको लागि तोकेको रकम पटक पटक गरी समिपलाइ भुक्तानी गर्छन् र माला टिपिन्छ । माला लिएर फर्किएका समिप रबि बहादुरका छोरा मानबहादुर तामाङ (सिजन)का प्रतिनिधि बनेर खटिएका सत्यम लिम्बुलाई भक्तपुरमा छोडेर फरार हुन्छन् ।

चाथी नारायणलाई दिनु पर्ने माला समिपसहितको टोलीले चिनियाँ नागरिक विङ्ग वाङ्गलाई १ करोड ५० लाख रुपैँयामा बेचिदिन्छन् । चाथीनारायण आफूले पाउनु पर्ने माला नपाएको र आफूलाई समिप र विरबहादुरका छोराले ठगी गरेको भन्दै भक्तपुर अदालतमा मुद्दामा जान्छन् । सँगै समिपलगायतले आफुसहित किनेको माला लुटेको विषय लिएर सिजन पनि भक्तपुर अदालत जान्छन् । प्रहरीले पहिलो पक्ष र दोस्रो पक्ष बनेका शेरबहादुर तामाङलाई पक्राउ गर्छ । समिप भने फरार हुन्छन् । अदालतले पछि धरौडी दाखिला गरेर बीरदुरलाई छाडिदिन्छ भने समिप पनि अदालतको आदेशसँगै धरौटी बुझाएर खुल्म खुल्ला हिँड्छन् । पछि उनै समिपले सिजनसहितलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मुद्दा दर्ता गर्छन् अदालतले त्यही मुद्दा अहिले खारेज गरिदिएको हो ।

मुख्य नाइके समिप भएको सिजनको आरोप

समिप र सिजन यस अघि साँझदारीमा माला किनबेच गर्ने पार्टनर हुन् । सिजनका अनुसार उनले अघिल्लो वर्षकै ३० लाख भन्दा बढी रकम समिपसँग लिन बाँकी नै थियाे । समिपले अघिल्लो वर्षको हिसाबसहित यो बर्ष सबै रकम दिने बताइरहेका हुन्छन् । यो वर्षको मालाका लागि पनि सिजन (मानबहादुर)ले पटक पटक गरेर ९० लाख रुपैयाँ समिपलाई जुटाइदिएकै बताउँछन् । माला बिक्रीका लागि चाथी नारायणसँग सम्झौता भएसँगै अब उनी आफ्नो लगानीसहित मुनाफा पाइने भो भन्दै ढुक्क हुन्छन् पनि ।

चाथी नारायणसँग लिएको रकम पनि समिप आफैले राख्छन् माला चाथीनारायणलाई जिम्मा लगाएपछि आफूहरूको हरहिसाब हुने आशामा रहेका सिजनलाई भक्तपुरमा आइपुगेको मालासहित समिप गायब भएको खबरले औधी पीडा हुन्छन् । चाैथी नारायण र आफू दुबैलाई धोका दिएर समिपले माला चिँनीया नागरिकलाई बेचेर सबै रकम एकलै कुम्ल्याएकाे भन्दै उनी न्याय माग्न अदालत जान्छन् । यसरी समिपले दुई करोड १३ लाखभन्दा बढी ठगी गरेको भन्दै सिजन भक्तपुर अदालतमा पुग्छन् । अदालतमा अहिले यो मुद्दा विचाराधीन अवस्थामा छ ।

यसबीचमा अदालतले सिजनका विपीलाई धरौटीमा छाडेको छ । उनीहरुले ७५–७५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।  उच्च अदालतले पनि समिपको रिट खारेज गरिदिएको छ । भक्तपुर जिल्ला अदालतको फैसल्लासँगै रोशी माला काण्डको वास्तविकता पर्दाफास हुने नै छ । अहिलेलाई भने एकले अर्को ठगी गर्दै जाने रोशी मालाको पुरानो रोगका मुख्य योजनाकार ठानिएका समिप त्रिपाठीलाई गहिरो झड्का लागेको चर्चा छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ६ : ०२ बजे