साइवर क्राइमका बारेमा किशाेर किशाेरीहरुबीच अनेमसंघकाे सचेतना

काठमाडौँ । अखिल नेपाल महिला सङ्घले किशोरीहरूमाथि बढ्दै गइरहेको साइवर क्राइमलाई मध्यनजर गर्दै विद्यालय केन्द्रित सचेतना कार्यक्रम गरेको छ ।

साइवर प्रहरीसँगको समन्वयमा अनेमसंघले बुधवार रत्नराज्य लक्ष्मी उच्च माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरेको हो ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत अनेमसंघले साइबर सुरक्षाका विषय अन्तरगत साइबर अपराध, यसबाट बच्ने उपाय आदिका बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको हो।

किशोर किशोरीहरूलाई सामाजिक सञ्जालको महत्त्व र यसबाट हुनसक्ने अपराधका बारेमा जनचेतना,साइबर सुरक्षा र नेपालको कानुन, साइबर अपराध र अपनाउनु पर्ने सुरक्षा सचेतनताका विषयमा साइबर सुरक्षा विज्ञ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक श्री राजेश महर्जनले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।

अनेमसंघ कानुन विभाग प्रमुख अधिवक्ता श्री ममता शर्माले महिला हिंसा र कानुनी प्रावधानका विषयमा व्यवहारिक र सैद्धान्तिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रम अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूलाई अनेमसंघका उपाध्यक्ष शर्मिला कार्कीले धन्यवाद ज्ञापन गर्नुभयो ।

अनेमसंघका महासचिव पेम्बा लामा र युवा कमिटी प्रमुख बिन्दु अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा रत्नराज्य उच्च माद्यामिक विद्यालयका प्रधानाध्यापक श्री रामाशिस यादव, कानुन विभाग सदस्य, केन्द्रीय सदस्य उषा अधिकारी तथा अधिवक्ता पार्वती केसीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा करिब १०० जना छात्रछात्राको सहभागिता रहेको थियो । कार्यक्रम केन्द्रीय युवा कमिटीको संयोजनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  २ : ०४ बजे