‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भयो : नेता बास्कोटा

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब भन्दै व्यङ्ग्य गर्नुभएको छ । 

एक कार्यक्रममा मन्त्री किराँतीले क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो भन्ने अभिव्यक्ति दिनुभएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बास्कोटाले नेपालमा उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको सङ्ख्या (हिन्दु, वौद्ध, मुस्लिम आदी) करिब ९८ प्रतिशत रहेको उल्लेख गर्नुहुँदै मन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब भन्दै व्यङ्ग्य गर्नुभएको हो । 

उहाँले माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भएको बताउनुभयो । धर्म व्यक्तिगत स्वतन्त्रता हो भन्नुहुँदै नेता बास्कोटाले संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान भएको बताउनुभयो । 

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ: 
संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब ?उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको सङ्ख्या (हिन्दु, वौद्ध, मुस्लिम आदी)करिब ९८% रहेछ।माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भयो।धर्म व्यक्तिगत स्वतन्त्रता हो।तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान।

 

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : ५० बजे