वैदेशिक रोजगारीमा जाने नेपालीले तोडे रेकर्ड,मंसिरमा मात्रै ७१ हजारले छाडे देश

काठमाडौं । मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूको संख्या सबैभन्दा उच्च रहेको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या मंसिर महिनामा उच्च रहेको हो ।

मंसिरमा नयाँ र पुन श्रम स्वीकृतिमार्फत वैदेशिक रोजगारीमा जानेको संख्या ७१ हजार २ सय ७६ रहेको छ । गत वर्षको मंसिर महिनामा ६८ हजार ६ सय २२ को संख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा गएका थिए ।

जुन अहिलेको अघिल्लो महिनाको तुलनामा ३ हजारले कम हो । मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सर्वाधिक रोजाइमा युएई रहेको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको पहिलो चार महिनामा विदेश पढ्न जाने नेपाली  विद्यार्थीहरूले करिब  ३८ अर्ब ४४ करोड रुपैयाँ  विदेश भित्र्याएका छन् । गत  आवको सोही अवधिमा उक्त रकम करिब २२ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  २ : ०८ बजे