सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान पाउने

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताउनुभयाे ।

त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताउनुभयाे ।

 उहाँका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १ : ३० बजे