संसदीय सुनुवाइ समितिबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस सबैको नाम अनुमोदन

काठमाडौं ।संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम अनुमोदन गरेको छ ।

न्यायाधीशमा सिफारिस भएका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम मंगलबार बसेको सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको हो ।

अनुमोदन भएका न्यायाधीशहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि कार्यभार सम्हाल्नु हुने छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : ४३ बजे