यस्तो छ आजको विनिमय दर

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

नेपाल सुन चाँदी महासङ्घका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले बढेको छ ।

महासङ्घका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ११ : १३ बजे