बारामा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

बारा । बारामा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।  

काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगन्जमा आज  बिहान २ः०० बजे एक आपसमा ठोक्किएर दुर्घटना हुँदा३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । उनीहरूको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 

 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ९ : ५३ बजे