सुनुवाइ समितिको बैठक बस्दै, न्यायाधीशहरूको नाम अनुमोदन गरिने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बस्ने भएको छ ।

आज बिहान ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाहरूको नाम अनुमोदनबारे निर्णय गर्ने बताइएको छ ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

समितिले सोमबार प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकेको थियो । सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ३६ बजे