‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पेट्रोल चोरी गर्दा मोटरसाइकलमा आगलागी

सुर्खेत । भेरीगंगा नगरपालिका-४ हर्य बस्ने २८ वर्षीय क्षितिज श्रेष्ठको भेरी-१० प ८६०८ नम्बरको मोटरसाइकलमा मङ्गलवार बिहान आगलागी हुँदा मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएको छ। 

आफ्नै घर बाहिर पार्किङ गरी राखेको मोटरसाइकलबाट सोही ठाउँ बस्ने १९ वर्षीय कमल शाही र २४ वर्षीय पुरन बुढामगरले पाइपबाट पेट्रोल चोरी गरी पुनः जोड्न लाइटर बालेर पाइप तताउने क्रममा मोटरसाइकलमा आगलागी भएको बताइएको छ ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ६ : ०३ बजे