‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भाउजूमाथि बलात्कार गरेकाे आरोपमा देवर पक्राउ

सल्यान । सल्यानमा भाउजूलाई बलात्कार गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाका ३९ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ परेका पुरुषलाई इलाका प्रहरी कार्यालय लुहाममा राखी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिनुभयो । 

जिल्लामा पछिल्लो समय बलात्कारका घटनामा वृद्धि आएको देखिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा आफन्तबाट नै ११ वटा जबरजस्ती करणीका घटना जिल्लामा घटेका छन् ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : ०५ बजे