‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पराल बाेकेकाे पिकअपमा आगजनी गर्ने पक्राउ

इलाम । इलामको रोङ गाउँपालिका–४, किटेनीमा  पिकअप जलाएको आरोपमा प्रहरीले  एक जनालाई  पक्राउ गरेको छ ।  

गत मङ्सिर ३० गते साँझ साढे ६ बजेको समयमा मेची राजमार्गको किटेनी नजिकै पराल बोकेको मे १ ज ११४० नम्बरको पिकअपमा आगजनी भएको थियो ।  

आगजनी गरी फरार रहेकोमा खोजी गर्ने क्रममा  झापा अर्जुनधारा नगरपालिका ११ बसपार्कबाट जिल्ला झापा बुद्दशान्ती गाउँपालिका ४ बस्ने  वर्ष ३४ को बुलेट भन्ने अञ्जेस राईलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी प्रकाश जबेगुले बताउनुभएको छ । 

प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आह्वानमा भएको कोशी प्रदेश बन्दका दिन झापाबाट हर्कटे इलाम तर्फ पराल बोकेर आउँदै गरेको  पिकअप पूर्ण जली नष्ट भएको थियो ।  जिल्ला अदालत इलामबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : ०२ बजे