सुनको मूल्यमा नयाँ कीर्तिमान

वीरका निर्देशकलाई हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यन्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेकाे छ ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने स्वास्थ्यमन्त्री बस्नेतको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे हाे ।

मन्त्री बस्नेतले उनलाई वीरबाट हटाएर मन्त्रालयमा हाजिर गराउने निर्णय गरेका थिए । मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो । यो आदेशसँगै निर्देशक डा.पौडेल पुनर्वहाली हुने भएका छन् ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : २० बजे