अछाममा जिप दुर्घटना : १३ जना घाइते

अछाम ।  अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो । 

हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का  कार्बु लामाले चलाएकोे भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार  भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।

बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।
 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १ : ५१ बजे