‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

यात्राका अविस्मरणीय क्षणहरूको सम्झना आइरहन्छन् : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अविस्मरणीय यात्राका अविस्मरणीय क्षणहरूको सम्झना आइरहने बताउनुभएको छ । 

सामाजिक सञ्जालमा आज एक भिडियो शेयर गर्नुहुँदै अध्यक्ष ओलीले मङ्सिर १४ गतेदेखि सुरु भएको एमालेको झुलाघाट– चिवाभन्ज्याङ “सङ्कल्प यात्रा” का क्रममा पाँचथर फिदिममा नृत्य गरेको अध्यक्ष ओलीले सम्झनु भएको हो । 

उहाँले लेख्नुभएको छ,’पूर्वको माया पश्चिमलाई‘! शुभ बिहानी ! पश्चिमदेखि पूर्वसम्मको यात्रा अन्तिमतिर पुग्दै गर्दा पाँचथर फिदिममा नृत्य गर्दै नानीबाबुहरू ! अविस्मरणीय यात्राका अविस्मरणीय क्षणहरू सम्झना आइरहन्छन् ।’

एमालेले मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्रा गरेको थियो । 

 

 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १० : ०० बजे