साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

उत्पादनका आधारमा सबै वडालाई पकेट क्षेत्र बनाउदै बर्दघाट

नवलपरासी,पश्चिम्  । बर्दघाट नगरपालिकाले उत्पादनका आधारमा सबै वडालाई बाली पकेट क्षेत्रको रुपमा बिकास गर्ने भएको छ ।

कृषकहरुलाई ब्यवसायिक खेतीतर्फ आकर्षित गर्नका लागि नगरपालिकाले प्रोत्साहन गर्ने गरि पकेट क्षेत्र बनाउन थालेको हो ।बर्दघाट नगरपालिकामा १६ वटा वडा रहेका छन ।

 

जसमध्ये वडा नम्बर १,१२,१३ लाई मकै पकेट क्षेत्र वडा नम्बर ८,११,१२ लाई गहुँबाली र वडा नम्बर ६ र ३ लाई तोरी  पकेट क्षेत्रको रुपमा बिकास गरिने छ।गहु तोरी र मकैको बीउ भने नगरपालिकाले ५०% शहुलियत अनुदानमा उपलब्ध गराउने भएको छ।वडा नम्बर २ र ७ लाई मह (मौरी पालन) पकेट क्षेत्रको रुपमा किसानलाई घार लगायत अन्य कुरामा सहुलिय प्रदान गरिने जनाईएको छ।१५ नम्बर वडालाई आलु पकेट क्षेत्रको रुपमा बिकास गर्ने गरि १ सय क्विन्टल आलु उपलब्ध गराईएको छ ।

 

यसै गरी वडा नम्बर २,५,१० र १६ लाई बाख्रा पालनका लागि उपयुक्त मानिएकाले सोही अनुरुप खोर सुधार कार्यक्रम अन्तर्गत ७५% नगरपालिकाले अनुदान उपलब्ध गराउनुका साथै कृषकलाई उन्नत प्रजातिका बोका बितरण गरिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

 

"किसान ब्यवसायिक बनुन आत्मनिर्भर बनुन भन्ने उदेश्यले हरेक उत्पादनको क्षेत्र पहिचान गरि  प्रोत्साहन गर्ने गरी कार्यक्रम अगाडि बढाउने योजना बनाएका हौ"नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

 

"हामिले कृषि क्षेत्रलाई नै प्राथमिकतामा राखेका छौ नगरले सक्ने अधिकतम सेवा सुबिधा कृषकहरुलाई दिईने छ,मुलत: ब्यवसायिकता तर्फ उन्मुख गराउन यो अभियानकै रुपमा थालनी गर्न लागिएको हो"नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले भन्नू भयो ।

 

पकेट क्षेत्रमा लागाईएका बाली नाली पशुपालक कृषकहरुलाई अन्य प्राविधिक सहयोग नगरपालिकाकै प्राविधिकले गर्ने गरि दीर्घकालीन योजना रहेको कृषि प्राविधिक खुमाकान्त न्यौपानेले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : ३५ बजे