यस्तो छ आजको विनिमय दर

चालु आवको ५ महिनामा नेपालका उद्योगमा २४ अर्ब ३५ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा नेपालको उद्योग क्षेत्रमा २४ अर्ब ३५ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार गत साउनदेखि मङ्सिर महिनासम्मको ५ महिनाको अवधिमा १९९ वटा उद्योगमा २० अर्ब ६१ करोड ५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

यस्तै, २१ वटा उद्योग÷प्रतिष्ठानहरूले ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिद सम्झौतामा लगानी भित्राएका छन् ।

चालु आर्थिक वर्षको मङ्सिरसम्म भित्रिएको लगानीबाट कुल १० हजार १२० जनालाई रोजगारी सृजना हुने विभागले जनाएको छ ।

तथ्याङ्कअनुसार मङ्सिर महिनामा मात्रै २१ वटा नयाँ उद्योगमा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ४४ बजे