दाङ । लुम्बिनी प्रदेशका छ विषयगत समितिका सभापतिको निर्वाचन यही पुस १७ गते हुने भएको छ ।
प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले एक सूचना जारी गरी यही पुस १७ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिनुभयो ।
सचिव पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिको निर्वाचन हुन लागेको हो । यसका लागि १६ गते उम्मेदवारी दर्ता हुने सचिव पुनले बताउनुभयो ।
यी समितिका सदस्यको टुंगो भने ३० असारको प्रदेशसभा बैठकले टुङ्गो लगाइसकेको छ ।
प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार ८ : १९ बजे
प्रतिक्रिया