दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु

काठमाडौँ । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु  हुनुका साथै  दुई सयभन्दा बढी घाइते छन् ।

स्थानीय समय अनुसार आज बिहान २ः०० बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।

भूकम्पमा चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १ सय  जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १ सय २४ जना घाइते भएका छन् ।

भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जनाएका छन्। नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ।

भूकम्पमा परेका थप मानिसहरूको खोजी जारी रहेकोले मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ०३ बजे