आन्तरिक हवाई उडानमा अत्यधिक चाप

रामकलेवासँगै विवाह पञ्चमी सम्पन्न

जनकपुरधाम । सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको अन्तिम दिन आज रामकलेवा सँगै समापन भएको छ ।

जानकी मन्दिरको प्राङ्गणमा विवाह उत्सवका लागि तयार पारिएको आकर्षक मञ्चमा भगवान् राम, लक्ष्मण, भरत शत्रु धनसहित भारतको अयोध्याबाट आएका जन्तीहरूलाई जानकी मन्दिरले ५६ प्रकारका वेञ्जनहरु तयार पारेर भोजन गराई उपहार तथा दक्षिण दिएर बिदाइ गरेको छ ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव तथा उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको अगुवाइमा अयोध्याबाट आएका जन्ती, साधु सन्त, महन्त तथा अन्य साधुसन्तहरुलाई रामकलेवा ( भात ) सहितका ५६ परिकारहरू खुवाएर बिदाइ गरिइएको छ । कार्यक्रममा कतिपय भक्तहरू आफै पनि साधुसन्तहरुलाई दक्षिणा प्रदान गरेका थिए ।

कार्यक्रममा भारतबाट आएका जन्ती तथा साधुसन्तहरुलाई विभिन्न प्रकारको गीत सहित बिदाइ पनि गरेका थिए । मैथिली भाषामा मिथिलानीहरु विभिन्न प्रकारको गाली रामकलेवा दिइएको थियो । मिथिलामा प्रदान गर्ने गालीलाई अवध बासीले माता सीताको आशीर्वादको रूपमा लिने गरेका छन् ।

भारतबाट आएका साधुसन्तहरुले निक्कै आनन्द पूर्वक गीत सङ्गीत सहित भोजन गरेका थिए । कतिपय सन्तहरूले गीत सङ्गीतमा नृत्य पनि गरेका थिए । रामकलेवा हेर्नका लागि जानकी मन्दिर परिसरमा ठुलो सङ्ख्यामा भक्तजनहरू सहभागी रहनु भएको थियो ।

मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव आजको रामकलेवापछि सम्पन्न भएको छ । यता भारतबाट आएका साधुसन्तहरु बिदाइ लिएर पुनः भारत तर्फ नै प्रस्थान गरेका छन् ।  

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ०७ बजे