आन्तरिक हवाई उडानमा अत्यधिक चाप

झापामा सिटी सफारी पल्टिँदा चालकको मृत्यु

झापा । झापाको मेचीनगरमा सिटी सफारी पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सफारी चालक मेचीनगर नगरपालिका–९ निवासी ४५ वर्षीय बद्रीबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर– १०, धुलाबारीमा आज बिहान उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र–१–०१–००२ ह ७६५ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका चालक बस्नेतलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।  

सिटी सफारी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ४ : ५८ बजे