‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चेक अनादर मुद्दाका २९ जना प्रतिवादी पक्राउ

कास्की ।  जिल्ला प्रहरी कार्यालय कास्कीले ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मङ्सिर महिनामा प्रहरीले पक्राउ गरेर कैद र जरिवाना भुक्तान गराएको छ ।

अदालतले दोषी ठहर गरे पनि फरार रहेकालाई पक्राउ गरेर अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो  ।

उहाँका अनुसार सबैभन्दा धेरै चेक अनादर मुद्दामा २९ जना पक्राउ परेका छन् । सार्वजनिक स्थानमा अभद्र र जालसाजी मुद्दाका फरार ४/४ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जुवा मुद्दाका ३, चोरी मुद्दाका २, दूषित तथा न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण, साधारण चोरी, सवारी अङ्गभङ्ग र अभद्र व्यवहार मुद्दामा फरार १/१ जना पक्राउ परेको डिएसपी विकले जानकारी दिनुभयो ।

फरार प्रतिवादीबाट २ लाख १२ हजार २ सय रुपैयाँ जरिवाना असुल भएको  कासकी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ४ : ५५ बजे