सुनको मूल्यमा नयाँ कीर्तिमान

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बाजुराको मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आइतबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

मार्तडीबाट गौमुल गाउँपालिकाको घट्मुना जाँदै गरेको लु.४त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्रयाक्टर चालक आपसमा अगाडि जाने प्रतिस्पर्धा गर्न खोज्दा दुई वटै ट्याक्टर दुर्घटना परेका हुन् । लु.४त ७३०५ नम्बरको ट्रयाक्टर सडकको माथिपट्टि दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्रयाक्टर खडीगाड खोलामा खसेको छ ।

दुर्घटनामा बडिमालिका नगरपालिका २ का ३८ वर्षीय देवराज जोशी सोही वडाकी ३३ वर्षीया करिष्मा रोकाया, बडिमालिका नगरपालिका १ का ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका ६ का ३० वर्षीय ट्रयाक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।

प्रहरी कार्यालय बाजुराका अनुसार लु.४त ७३०५ को ट्याक्टर दुर्घटना भए पनि मानवीय क्षति नभएको र अर्को ट्रयाक्टरका चालकसहित चार जनाको मृत्यु भएको हो । लु.४त ७३०५ नम्बरको ट्याक्टर चालक भने फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : २४ बजे