आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मेलम्ची मुहान स्थलकाे अवलाेकनमा सभामुख, पानी जतिसक्दो चाँडाे लैजानुपर्नेमा जोड

सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले प्राविधिक स्टमेट गरेर मेलम्चीकाे खानेपानी जतिसक्दाे चाँडाे काठमाडौँ लैजानुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु-१ अम्बाथानको निरीक्षण गर्नुहुँदै उहाँले काठमाडाैँवासीले यसै वर्ष मेलम्चीकाे पानी खान पाउने गरी काम गर्न सराेकारवालाहरुसँग आग्रह गर्नुभयाे । 

उहाँले मेलम्चीको मुहान स्थल अम्बाथान र मुहानको माथिल्लो भेगको समेत निरीक्षण गर्नुभयो । यस वर्ष मेलम्चीको पानी काठमाडौँ लाने तयारी सुस्त भइरहेको बेला सभामुखले अवलोकन भ्रमण गर्नुभएको हो ।

उहाँको साथमा पूर्व मन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्व मन्त्री सरेस नेपाल लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  २ : ५१ बजे