सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रियसभा निर्वाचनमा भाग लिने दलहरूले आज चुनाव चिह्न पाउने

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भाग लिने दलहरूले आज चुनाव चिह्न पाउने भएका छन् ।

चुनावमा भाग लिन शुक्रवार १२ दलले निवेदन दिएका थिए । दर्ता भएका सबै दललाई निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो ।

आयोगको कार्य तालिका अनुसार दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने छ ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नुहुने छ । 

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : ५० बजे