सुनको मूल्यमा नयाँ कीर्तिमान

सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुङ्गानाको आज संसदीय सुनुवाइ हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्ने भएको छ । 

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उहाँहरूको नियुक्ति हुनेछ । यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भएको थियो ।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : ४३ बजे