एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा आज पाँचथर पुग्दै

पाँचथर । नेकपा एमालेले मध्य पहाडका समस्याको पहिचान र समाधानका उपाय पहिल्याउन बैतडीबाट सुरु गरेको यात्रा आज अन्तिम जिल्ला पाँचथर पुग्दै छ ।

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार अब दुई दिनमा मध्य पहाडी लोकमार्गको यात्रा टुंगिदैछ । 

समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिइएको यो यात्रामा पार्टीले मध्य पहाडका विविध समय पहिचान गरेको, लाखौँ जनतासँग साक्षात्कार गरेको छ । गए राति यात्रा टोली अध्यक्ष केपी शर्मा ओली जन्मथलो आठराईमा बास बसेको छ । यहाँबाट ७६ किलोमिटर दुरी पार गरेर पाँचथरतर्फ यात्रा टोली अघि बढ्ने प्रमुख गौतमले जानकारी दिनुभयो ।

आज पाँचथरमा आमसभा आयोजना गरिएको छ । १४ मङ्सिरमा बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको यो यात्रा पुस १ गते मध्य पहाडी राजमार्गको पूर्वी विन्दु झुलाघाट पुगेर टुंगिदैछ । यात्रामा अध्यक्ष ओलीसहित पदाधिकारी तथा नेताहरू हुनुहुन्छ ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने , विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : ३१ बजे