आन्तरिक हवाई उडानमा अत्यधिक चाप

३० लाख धराैटी बुझाएर थुनामुक्त भए बालकृष्ण खाँण

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण थुनामुक्त भएका छन् ।

हिजो उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी आज धरौटी रकम बुझाएर रिहा भएका हुन् । केन्‍द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका हुन् ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएका थिए ।

वैशाख २७ गते पक्राउ परेका खाण ७ महिना २ दिनपछि रिहा भएका हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  २ : १३ बजे