कालो झण्डा देखाएर समस्याको समाधान हुँदैन, लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो झण्डा देखाएर समस्याको समाधान नहुने बताउनुभएको छ ।

आज बिहान जन्मथलो तेह्रथुमको म्याङलुङ्गमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पहिचानवादीहरूकाे मागलाई लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्ने बताउनुभयो ।

पहिचानवादीलाई लक्षित गर्दै उहाँले भन्नुभयो,’जे पनि आन्दोलन होइन, कालो झण्डा देखाउनु, अझ त्योभन्दा धेरै गर्नु समाधान होइन, लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्छ ।’

अध्यक्ष ओलीले अहिलेको व्यवस्था ल्याउन आफूहरूले जेलनेल र अनेकौँ कष्ट सहेको समेत स्मरण गर्नुभयो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : २९ बजे