आन्तरिक हवाई उडानमा अत्यधिक चाप

कस्तो छ आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । 

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागहरूमा हुस्सु÷कुहिरो लागेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहन महाशाखाले जनाएको छ ।

त्यस्तै, राती कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । निरन्तर तापक्रम घट्ने क्रम जारी रहेको र चिसो बढ्दै गएकाले चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउ महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : ३५ बजे