सुनको मूल्यमा नयाँ कीर्तिमान

बालकृष्ण खाणको मुद्दाको बहस सकियो

काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको मुद्दामा उच्च अदालत पाटनमा उनको पक्ष र विपक्ष दुवैतर्फको बहस सकिएको छ । 

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा मुद्दाको सुनुवाइ भइरहेकोमा आज दिउँसो बहस सकिएको हो ।

खाणका तर्फबाट वरिष्ठ अधिवक्ताहरू महादेव यादव, हरिहर दाहाल, सुरेन्द्रकुमार महतो, बार अध्यक्षसमेत रहेका गोपालकृष्ण घिमिरे, प्रेमबहादुर खडका र कृष्ण सापकोटाले बहस गरेका थिए ।

यस्तै पूर्वमहान्यायधिवक्तासमेत रहेका अधिवक्ता खम्मबहादुर खाती र मनिराम उपाध्यायले पनि उनकै पक्षमा बहस गरे । 

आज दिउँसो साढे २ बजेपछि सरकारी वकिलहरूले बहस शुरू गरेमा त्यो पनि सकिएको छ । दुवैतर्फको बहस सकिएपछि आजै आदेश आउने सम्भावना छ । 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ४ : ०७ बजे