साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

भीमदत्त नगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा जारी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ।

भीमदत्त नगरपालिका-४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरूबीच मतभिन्नता भई स्थिति तनावग्रस्त हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ, ‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरूबिच मतभिन्नता भई आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्बाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०र८र२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’

केही दिनयता राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिरहेको थियो । तर अन्य दलहरूले शालिक राख्ने निर्णयको विरोध गर्दै आएका छन् । जसले गर्दा झडप हुने देखिएपछि निषेधाज्ञा लगाइएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  २ : ३१ बजे