यस्तो छ आजको विनिमय दर

एकैदिन प्रतितोला २८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २ हजार ८०० रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ११ : ५७ बजे