यस्तो छ आजको विनिमय दर

आर्थिक मन्दीका कारण पर्सामा एक सय ७७ उद्योग बन्द

काठमाडौँ । आर्थिक मन्दीका कारण पर्सामा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ७७ उद्योग बन्द भएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक सय ७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा एक सय ५२ उद्योगले  लगत कट्टा गरिएका थिए ।  

बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरूको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयमा  आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए भने आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएका थिए । 

आव २०७९/८० मा एक हजार दुई सय ७५ उद्योगको नवीकरण, एक सय ६५ वटाको पुँजी वृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । 

 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ७ : १५ बजे