काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय जितेन्द्र मुलचन्द वावा छन् ।
एयर अरेबियाको उडानद्वारा सारजाहबाट काठमाडौं आएका उनको साथबाट १८० ग्राम अवैध सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । उनका अनुसार उनले सर्ट तथा पाइन्टका बटम बनाएर सुन ल्याएको खुलेको छ ।
पक्राउ परेका जितेन्द्रमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ९ : २१ बजे
प्रतिक्रिया