आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप, गोली लागेर एकको मृत्यु

बारा । बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर घाइते एक युवकको मृत्यु भएको छ ।

प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिकाको नमसागरा ढाथका २४–२५ वर्षका लक्ष्मी मुखिया बिनको मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गोली लागि घाइते मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद भएको थियो र सोही क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।

झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढाले आक्रमण गरेपछि १० जना प्रहरी समेत घाइते भएको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ९ : ०० बजे