‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

धुम्रपान गर्नेविरुद्ध महानगरले तोक्यो जरिवाना

काठमाडौं । काठमाडौं महानगरले आजदेखि सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ। काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ अनुसार महानगरले आफ्नो क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो।

त्यस्तै सार्वजनिक स्थलमा धुम्रपानसमेत निषेध गरेको छ। सार्वजनिक स्थलभन्दा सय मिटरसम्म भुम्रपान गर्न निषेध गरिएको महानगरले बुधबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ।

जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न र भूमी तथा वातावरणीय असर न्यूनीकरण गर्न महानगरले त्यस्ता चिजको बिक्री वितरणमा रोक लगाएको हो।

यस सन्दर्भमा महानगरले जरिवानासमेत तोकेको छ। पसलमा नियमित अनुगमन गर्ने र सुर्तिजन्य पदार्थ बिक्री गरेको पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटकमा पसल बन्द गरिने महानगरले जनाएको छ।

त्यस्तै सार्वजनिक स्थलबाट धुम्रपान गरे त्यहाँबा६ निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने महानगरले बताएको छ। सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बिक्री वितरण गर्न नपाइने महानगरले जनाएको छ। 

महानगरले यस कार्यका लागि ४ क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गर्ने भएको छ। अनुगमनको लागि गरी पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन हुने र सादा पोसाकमा समेत नगर प्रहरीले अनुगमन गर्ने महानगरले जनाएको छ। 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ४ : १९ बजे