काठमाडौँ । काठमाडौँको जोरपाटीमा पानीको बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बाहुनधारामा बस्ने नेत्र बडूवालकी १९ महिनाकी छोरीको बाल्टिनमा डुबेर मृत्यु भएको हो ।
शौचालयमा रहेको बाल्टिनमा डुबेर बेहोस भएकी उनको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस बारेमा आवश्यक अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १ : ४७ बजे
प्रतिक्रिया