संसद् सचिवालयको कार्यवाहक महासचिवको जिम्मा पाण्डेलाई

​​​​​​​काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको परामर्शमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोक्नुभएको छ । 

प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले सङ्घीय संसद्काे कार्यवाहक  महासचिव तोक्नुभएको हो । 

सभामुखले महासचिव नियुक्तिमा भएको ढिलाइबारे चासोसहित राष्ट्रपतिसँग संवाद गर्न चाहे पनि सम्पर्क भई नसकेको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ११ : ०८ बजे