आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष मेहताको निधन

इनरुवा (सुनसरी) । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ ।

६९ वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिनुभयो । 

मेहतालाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो । उहाँ काँग्रेस महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला सदस्यसमेत हुनुहुन्थ्यो । 

मेहताको निधनले सुनसरी काँग्रेसलाई क्षति पुगेको काँग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले बताउनुभयो । उहाँको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : ३० बजे