आन्तरिक हवाई उडानमा अत्यधिक चाप

इलाम सदरमुकाममा आगलागी

इलाम ।  इलाम सदरमुकाममा मङ्गलबार दिउँसो आगलागी भएको छ ।इलाम अस्पतालको आवास गृहसँगै रहेको भान्सा घरमा आगलागी भएको हो । दिउँसो २ बजेदेखि सुरु भएको आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको हो ।

आगलागीबाट भान्सा घरमा रहेका सबै सामान जलेर नष्ट भएको छ भने नजिकै रहेको अस्पतालको आवास गृहको तल्लो भागमा समेत क्षति पुगेको छ । क्षतिको पूरा विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलाम प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।

‘भान्सा घरमा भएको आगलागी स्थानीयबासीहरुको सहयोगमा नियन्त्रणमा लिएका छौँ’ खतिवडाले भने, ‘क्षतिको विवरण आउन बाँकी छ । विवरण सङ्कलन गरिरहेका छौँ ।’आगलागी सुरु भएको खबर पाएपछि सुरक्षाकर्मीसहित स्थानीयबासीहरु नियन्त्रणमा लागेका थिए । खाना पकाउने ग्यास पड्किएपछि आगो नियन्त्रणमा झनै समस्या भएको थियो । आगलागी भएको स्थानसम्म दमकल पुग्न नसक्ने भएका कारण समेत नियन्त्रणमा समस्या भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : ५५ बजे