आन्तरिक हवाई उडानमा अत्यधिक चाप

६१ वर्षीया महिलाको बीभत्स हत्या, हत्याराले २ बाख्रासमेत मारे 

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–३ मा एक महिलाको बीभत्स हत्या गरिएको छ । सुर्नया गाउँपालिका वडा नं ३ को बिजुलका ३२ वर्षीय तेज बहादुर चन्दले सोही ठाउँकी ६१ वर्षीया हरिना बिष्टलाई आज दिउँसो धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेका हुन् । 

बिष्टको शव क्षतविक्षत अवस्थामा घरको ढोकामा रहेको छ । शव देखेका स्थानीयबासीहरु त्रसित बनेका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको छ । हत्या गर्ने चन्द भने फरार छन् । 

मानसिक सन्तुलन ठिक नभएका चन्दले बिष्टको घरमै गएर सब्बल, हँसिया लगायतका धारिलो हतियार प्रयोग गरेर महिलाको बीभत्स तवरले हत्या गरेका हुन् । 

घरमा कोही नभएको मौका छोपेर गएका चन्दले बिष्टको हत्या गरेपछि गोठका २ वटा बाख्रा पनि मारेको स्थानीय भुवन भट्टले जानकारी दिनुभयो । 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : ३१ बजे