आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सेयर बजारमा हरियाली

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा हरियाली छाएको छ ।

आइतबार बढेर सर्किट ब्रेक लागेको सेयर बजार सोमबार घटेर राताम्मे भएको थियो । तर, त्यसलाई सेयर विज्ञहरूले बजार सन्तुलन बनाउनको लागि घटेको बताएका थिए ।

आज मंगलबार पुन नेप्सेमा दोहोरो अंकको हरियाली छाएको छ । आज नेप्से परिसूचक ३६ दशमलव ८६ अंकले बढेर १९८५ दशमलव ४४ विन्दुमा पुगेको छ । 

मंगलबार २९७ कम्पनीको ९५ हजार ४ सय ३३ पटकको कारोबारमा १ करोड २४ लाख ६३ हजार १ सय ६१ सेयर कित्ता खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ३० करोड ९० लाख १९ हजार रहेको छ ।

त्यस्तै, ‘क’ वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ९४ अंकले बढेर ३७४ दशमलव ३६ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : ३२ बजे